एजेन्सी । भारतमा भइरहेको १७ औं लोकसभा निर्वाचनको मतगणना आज भइरहेको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ ।
भाजपा नेतृत्वको गठबन्धन ३४० सिटमा अघि देखिएको छ । त्यस्तै विपक्षी कांग्रेस ९२ सिटमा अगाडि देखिएको छ । अन्य दल ११० भन्दा सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।
भाजपाका उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीमा आफ्ना प्रतिद्वन्दी भन्दा करिब १ लाख भन्दा बढी भाेटले अघि देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रकाशित मिति : २०७६ जेठ ९, बिहिबार
Comments