इजरायलको राजधानी जेरुसेलममा सारे ट्रम्पले गम्भीर परिणाम भोग्नुपर्ने अरबका नेताहरुको चेतावानी

0

एजेन्सी, २० मंसिर । अरब देशका नेताहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेरुशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देस टेलिफोनमार्फत् दिएपछि अरब नेताहरु आक्रोशित बनेका हुन् । इजरायलस्थित अमेरिकी दूतावास जेरुशलम सारिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी उनीहरुले दिए ।
साउदी अरबका राजा सलमानले ट्रम्पको यस्तो निर्णयले विश्वभरिका मुस्लिम समुदायमाथि आघात पुग्ने बताउनुभयो । प्यालेस्टाइनका नेता मोहम्मद अब्बासले ट्रम्पको निर्णयले शान्ति प्रकृया तथा विश्वको सुरक्षा र स्थायित्वमा खतरा पुग्ने चेतावनी दिनुभएको छ ।
इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि ट्रम्पलाई परिस्थिति नभड्काउन अपील गरेका छन् । ह्वाइटहाउसको प्रवक्ता सैंन्डर्सले भने यस कदमप्रति राष्ट्रपति ट्रम्पको सोच पक्का रहेको प्रष्ट गरेका छन् । जेरुशलम इजरायल र प्यालेष्टायनीबीचको विवादको सबैभन्दा गम्भीर मुद्दा बनिरहेको छ ।
अमेरिकाले जेरुशलमलाई राजधानी स्वीकारे सन् १९४८ मा इजरायल स्थापना गरेयता मान्यता दिने पहिलो देश बन्नेछ ।

Comments

comments

Share.

Comments