लगातार खराब प्रदर्शन जारी राखेको क्रिस्टल प्यालेसका प्रशिक्षक बर्खास्त

0

काठमाडौं । इंग्लिस प्रमियर लिगमा लगतार खराब प्रदर्शन जारी राखेको क्रिस्टेल प्यालेसले आफ्ना प्रशिक्षक प्याट्रिक भियरालाई बर्खास्त गरेको छ। क्बलले शुक्रबार भिएरालाई मुख्य प्रशिक्षकबाट हटाएको हो। क्लब पछिल्ला १२ खेलमा जितविहीन छ।

क्लबा अध्यक्ष स्टिभ पेरिसले भने, ‘यो धेरै कठिनका साथ कठिन निर्णय लिएका छौँ, अहिले क्लबले दिएको नतिजाले हामीलाई लिगमा टिकाइराख्न सक्ने अवस्था छैन। हामीले प्रिमियर लिगको स्थिति कायम राख्न यो निर्णय आवश्यक ठान्यौँ।

क्रिस्टल प्यालेसले जारी प्रिमियर लिगको पछिल्लो खेलमा ब्राइटनसँग १-० को हार भोगेको थियो। त्यसअघि उसले म्यानचेस्टर सिटीसँग पनि १-० ले नै हार बेहोरेको थियो। सेनेगलका ४६ वर्षीय भियरा सन् २०२१ को जुलाई ४ मा प्रशिक्षक नियुक्त भएका थिए। क्लबले प्रिमियर लिगमा २७ खेलबाट २७ अंक जोडेको छ र ऊ १२औं स्थानमा छ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments