दक्षिण अफ्रिकाको राजदूतमा निर्मलकुमार विश्वकर्मा नियुक्त

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विश्वकर्मालाई आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विश्वकर्मालाई सरकारले केही साता अघि दक्षिण अफ्रिकाको लागि नेपाली रजादूतमा सिफारिस गरेको थियो।

“फागुन ११ गते मंगलबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा।निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments