नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणमा प्रचण्डलगायतका नेताहरु सहभागी नहुने

0

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा) का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

यस्तै झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् भने प्रचण्ड र नेपाल कोरोनालाई कारण देखाउँदै सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

‘कोरोना माहामारी छ । यस्तोबेला भिडभाड गर्नु राम्रो होइन,’ दुवै नेता निकट स्रोतले भन्यो, ‘नजाँदा खासै फरक नपर्ने देखेर नजाने निष्कर्षमा पुग्नुभएको हो ।’

मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्नुका साथै दुई जनाको जिम्मेवारी हेरफेर गरेका थिए । विष्णु पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लिलानाथ श्रेष्ठल महिला तथा बालबालिका मन्त्री नियुक्त भएका हुन् । त्यस्तै यसअघि महिला तथा बालबालिकाको जिम्मेवारीमा रहेका पार्वत गुरुङ सञ्चार र रक्षा मन्त्री रहेका इश्वर पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा परिवर्तन गरिएको छ ।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments