गण्डकी प्रदेशमा १ हप्ताका लागि नाकाबन्दी

0

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै प्रवेश नाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय निर्देशक समितिको बैठकले गण्डकी प्रदेशमा प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरू त्रिवेणी, दाउन्ने, गैडाकोट, राम्दी, आरुघाँट, कोराला लगायत नाकामा प्रवेश निषेध गरिएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार

Comments

comments

Share.
Loading...

Comments