प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे उपलब्धीका बारेमा सदनलाई जानकारी दिन सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले नेतृत्व गरेको वर्तमान सरकार भोलि शनिबार दुई वर्ष पुग्दैछ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन प्रतिपक्षी दलका नेता समेत बैठकमा उपस्थित हुने संसदीय परम्परा रहेको छ ।

प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments