काठमाडौं । देशभरबाट ३१ हजार ६ सय ४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै जागरण अभियानका क्रममा ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको र ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सबैभन्दा बढी सप्तरीमा प्रवेश गरेको जसमा २५०० मध्ये १५०० नेकपाका कार्यकर्ता रहेको प्रवक्ता शर्माको भनाई थियो ।
पार्टी प्रवेश गरेकाहरुलाई प्रशिक्षण प्रदान गरी जिम्मेवारी समेत सुम्पिने जनाइएको छ ।
नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार
Comments