प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आउँदो हप्तादेखि हुने

0

काठमाडौं । आउँदो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने भएको छ । हुन्छ भन्दा भन्दा धकेलिएको भ्रमण यसपटक पक्का हुने भएको छ ।

बिहिवार भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग नेपालका राजदूत डा. शंकर शर्माले भेटवार्ता गरेका छन् । भेट प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीका लागि नै थियो ।

भेटबारे जानकारी दिदै जयशंकरले खुशी व्यक्त गरे । आगामी दिनमा सम्बन्धलाई अझ मजबुत बनाउनेबारे प्रतिवद्धता व्यक्त गरे ।राजदूत शर्माले जयशंकरसँगको भेटप्रति आभार प्रकट गरेका छन् । दुई देशको सम्बन्ध मजबुत बनाउनेबारे कुराकानी भएको उल्लेख गरेका छन् ।

राजदूत शर्माले भारतका विदेशमन्त्री जयशंकरसँग भेटेपछि प्रचण्डको भ्रमणको तयारी अगाडि बढेको सन्देश गएको छ । भ्रमणमा छलफल हुने एजेन्डाबारे नेपालको परराष्ट्र मन्त्रालयले तयारी लगभग पूरा गरिसकेको छ । परराष्ट्रमन्त्री एनपी साउदले विदेश मामलाका जानकारहरुसँग परामर्श गर्दै आएका छन् ।

प्रकाशित मितिः २०८० जेठ ११ बिहिबार

Comments

comments

Share.
Loading...

Comments