एक वर्षपछि राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै, शुक्रबार मिति तोकिने

0

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भएको १ वर्षपछि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार ४ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्ने भएका हुन् ।

राष्ट्रिय सभा बैठक दैनिक कार्यसूचीको पहिलो नम्बरमा उक्त विषय राखिएको छ । ‘अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ मा उपाध्यक्ष निर्वाचनको व्यवस्था छ । जसको नियम १ मा भनिएको छ, ‘उपाध्यक्षको निर्वाचन अध्यक्षले तोकेको दिन र समयमा हुनेछ ।’

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूबीच कसलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने भन्ने सहमति नभएकाले निर्वाचन मिति र समय नतोकेको बताउने गरेका थिए । हाल सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।

प्रकाशित मितिः २०७९ माघ १३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments