शाहरुख खानले गरे बबी देओललाई लिएर लभ होस्टल फिल्मको घोषणा

0

काठमाडौं । शाहरुख खानको रेड चिलीज एन्टरटेनमेन्ट र दृश्यम फिल्मसले लव होस्टल नामको फिल्मको घोषणा गरेको छ । फिल्मलाई शंकर रमनले निर्देशन गर्दैछन् । फिल्मको लिड रोलमा सान्या मल्होत्रा, विक्रान्त मैसी र बाबी देओल अनुबन्धित भएका छन् ।

लव होस्टल एक उत्साही युवाहरुको कहानी हो, जसको पछाडी कोही लागेका हुन्छन् । जहाँ युद्ध रक्तपातको साथमा सत्ता, धन र सिद्धान्तको खेलको कहानी पनि छ । एक मनोरन्जन, अपराध–थ्रिलर फिल्म हो लव होस्टल । जसलाई राष्ट्रिय पुरस्कार विजेताले छायांकन गर्नेछन् । यो बहुप्रतिक्षित फिल्म अर्को वर्षको सुरुवातमा फ्लोरमा जान तयार भई रिलिज हुनेछ ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments