गायिका कनिका कपुरको सम्पर्कमा आएका व्यक्तिमा कोरोना नभएको पु्ष्टि

0

काठमाडौं । भारतीय गायिका कनिका कपुरसँग सम्पर्कमा भएका २ सय ६६ जनामा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ।

कोरोना भाइरसका कारण आइसोलेसनमा बस्नुपर्नेमा कपुर‚ उच्च व्यक्तिहरु र सर्वसाधारणको भीड हुने सार्वजनिक कार्यक्रम र पार्टीमा सहभागी भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी समेत दर्ता भएको थियो।

उनी कोरोना संक्रमण भएपछि जो-जोसँग सम्पर्कमा आएकी थिइन्‚ ती सबैको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार

Comments

comments

Share.
Loading...

Comments