नेपथ्यको कन्सर्ट अष्ट्रेलियाको सिड्नीमा

0

काठमाडौँ । पछिल्लो समय कन्सर्टमा व्यस्त रहने ब्याण्ड नेपथ्यले ‘नेपाल टच’को आयोजनामा अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन् । ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो ।

डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुने यस कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ । उक्त हलमा ३ हजार दर्शक अट्नेछन् । कन्सर्टमा ३ हजार नै दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।

नेपाली टचले नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताए । अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ ।

प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार

Comments

comments

Share.
Loading...

Comments