सञ्चारकर्मी अधिकारीको नयाँ गीत निष्ठुरी सार्वजनिक (भिडियोसहित)

0

काठमाडौं । सञ्चारकर्मी रवि अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । माया, प्रेम र धोकाको कथा बोकेको निष्ठुरी बोलको गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको निष्ठुरी बोलको गीत सार्वजनिक भएको हो भने दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन्

प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments