मेलिना र प्रतापको युगल स्वरमा ‘चानचुन पैसा’ सार्वजनिक (भिडियोसहित)

0

काठमाडौं । आफ्नो भाषा, साहित्य, कला, संस्कृति जोगाउनु पर्छ अनि आजको नयाँ पुस्तालाई सिकाउन पर्छ भन्ने मान्यता बोकेका गीतकार प्रलाद शाहले आफ्नो अर्को नयाँ दमदार गीत ‘चानचुन पैसा’ लिएर दर्शक श्रोता माझ आएका छन।

सरल शब्द, मौलिक र मिठा गीतहरु दर्शक श्रोता माझ निरन्तर सार्वजनिक गरिरहेका गीतकार शाहले मंगली, परानै दिन्छु जस्ता लोकप्रीय सिर्जना मार्फत दर्शक श्रोताको मन जितिसकेका छन ।

‘चानचुन पैसा’ बोलको यस गीतमा स्वर चर्चित गायक प्रताप दास र लोकप्रिय गायिका मेलिना राईको रहेको छ । प्रलाद शाहले लेखेको गीतमा सुबाश भुसालको संगीत रहेको छ । पुरुषोत्तम सुबेदीले यस गीतको संगीत संयोजन गरेका हुन।

छिट्टै यस गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको गीतकार शाहले बताएका छन । भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments