आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर्स’को रेडकार्पेट प्रिमियर गरिने

0

काठमाडौं । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली फिल्म ‘गोर्खा वारियर्स’को रेडकार्पेट प्रिमियर हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माताले भदौ २४ (१० सेप्टेम्बर)मा फिल्मलाई प्रिमियर गर्न लागेको जानकारी दिए ।

सेप्टेम्बरमै फिल्मलाई हङकङ र सिंगापुरमा समेत प्रिमियर गर्न लागिएको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । सेप्टेम्बरलाई ‘प्रिमियर मन्थ’को रुपमा मनाइने योजना रहेको उनले बताए ।

लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जनाइएको छ ।

उक्त आइम्याक्स सिनेवर्ल्डमा जेम्स बण्ड, मिसन इम्पोसिबलजस्ता चर्चित फिल्महरुको लण्डन प्रिमियर भइसकेको छ ।  चाम्सले पहिलोपटक ‘हँसिया’ फिल्मलाई लण्डनमा प्रिमियर गर्दै अन्तर्राष्ट्रिय प्रिमियरको ट्रेन्ड बसालेका थिए । एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख ०९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments