निशान्त भट्टलाई हराउँदै दिव्या अग्रवालले चुमिन् बिग बोस ओटीटीको उपाधि

0

काठमाडौं । बिग बोस ओटीटीले आफ्नो पहिलो विजेता पाएको छ । अभिनेत्री दिव्या अग्रवाल बिग बोस ओटीटीको विजेता भएकी छिन् । उपाधिसँगै दिव्याले २५ लाख हात पारेकी छिन् । निशान्त भट्ट बिग बोस ओटीटीको पहिलो रनर अप भएका छन् र शमिता शेट्टी सेकेन्ड रनर अप भएकी छिन् ।

राकेश बापट शीर्ष ३ मा पुग्न सकेनन् र शोबाट बाहिरिएका थिए । प्रतीक सहजपाल आफै शोबाट बाहिरिए। जुन ८ अगस्टबाट शुरू भएको बिग बोस ओटीटी लगभग १००० घण्टा लगातार चलेको थियो । दिव्याले यस अघि धेरै रियालिटी शोमा सहभागी भैसकेकी छिन् र उनको फ्यान फलोइङ निकै राम्रो रहेको छ ।

प्रकाशित मितिः २०७८ असोज ३ आइतबार

Comments

comments

Share.
Loading...

Comments