बिहीबारबाट हराइरहेकी ब्रिटिस अभिनेत्री तान्या लसएन्जलस्मा भेटिए

0

काठमाडौं । गत साताबाट हराइरहेकी ब्रिटिस अभिनेत्री तान्या फियर लसएन्जलस् मा भेटिएकी छन् । लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अनुसार ३१ वर्षीया अभिनेत्री सुरक्षित छिन् । उनको बारेमा अन्य केही जानकारी प्रहरीले दिएको छैन ।

अभिनेत्रीको परिवारले एक विज्ञप्ती जारी गर्दै तान्या भेटिएकोमा तनावमुक्त रहेको र प्रहरी धन्यवादको पात्र रहेको उल्लेख गरेका छन् । फियरले सन् २०१८ मा बीबीसीयको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा अभिनय गरेकी थिइन् । परिवारका अनुसार उनी गत  बिहीबार अन्तिमपटक देखिएकी थिइन् ।

तान्याको खोजीका लागि ट्वीटरमा चलाइएको ‘ह्यासट्यागफाइण्डतान्याफियर’का अनुसार परिवारबाट छुटेर उनी हलिउड बल अपार्टमेन्टमा देखिएकी थिइन् । जहाँ उनले आफ्नो मोबाइल र वालेट बोकेकी थिइनन् ।

उनको अंकलले तान्या वेपत्ता भएपछि परिवार चिन्तामा डुबेको बताएका थिए । यो ह्याण्डलले मंगलबार प्रहरी र तान्याको खोजीमा सक्रिय स्थानीयलाई धन्यवाद दिएको छ । ‘हामी बुझ्छौं कि उनलाई शारीरिक रुपमा पीडा भएको छैन । तर पनि हामीले उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्थानीय अस्पताल लागेका छौं’, ह्याण्डलले भनेको छ ।

तान्याको वास्तविक नाम तान्याराज्वा फियर हो । उनले टेलिभिजनको ‘स्पटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बैंक’ र ‘मिडसोमर मर्डस’मा अभिनय गरेकी थिइन् । तान्याले फिल्म ‘किक–एस २’मा पनि अभिनय गरेकी छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments