नेपालमा बार्षिक १४०० करोडको हाराहारीमा अवैध रुपमा यौन ब्यापार

0

काठमाडौं । पछिल्लो समया निकै चर्चाको शिखरमा रहेको नेपालको यौन बजारको बहसले यती बेला ब्यापकता पाएको छ । अन्य देशहरुमा भन्दा नेपालको यौन बजार धेरै नै फरक किसिमको रहेको छ । यस बारेमा केहि अध्ययन र सर्वे गर्दा यस्तो तथ्याँक फेला परेको छ ।

पछिल्लो एक तथ्याँक अनुसार नेपालमा महिलामा यौन हिंसा ७० प्रतिशत आफ्नै यौन साथी वा श्रीमान बाट नै हुनेगरेको देखिन्छ भने ५ प्रतिशत मात्र कुनै नचिनेको व्यक्ति बाट हुने गरेको पाइएको छ । त्यस्तै नेपालमा हुने गरेका बलात्कार घटनाहरुको अध्ययन पश्चात आफैले चिने जानेको व्यक्ति बाट ८० प्रतिशतथ हुने गरेको तथ्यांक भेटिएको छ । नेपालमा बिहे भन्दा अगाडी २२ प्रतिशत पुरुषले र ६ प्रतिशत महिलाले सम्भोग गरेको स्वीकार्छन जो झुटो हो , वास्तविकता धेरै नै फरक रहेको छ । नेपालमा २५ प्रतिशत महिला मात्र नियमित सम्भोगमा सन्तुस्ट रहेने तथ्याँकले देखाएको छ भने, ४२ प्रतिशत प्राय जसो सन्तुस्ट हुन्छिन तर ३३ प्रतिशत महिला सन्तुस्ट हुदैनन् जसले गर्दा अर्को यौन पार्टनर खोजि गर्नु पर्ने आवस्यकता महसुस गर्दछन ।

पुरुष मा ९८ प्रतिशतले आफुलाई कुमारी कन्या संग बिबाह गर्न खोज्छन । नेपालमा पुरुषमा ५६ प्रतिशतथ पोर्नोग्राप बाट मनोरंजन गर्छन भने महिला ३७ प्रतिशत रहेका छन् । नेपालमा २१ प्रतिशत पुरुषले महिला यौन कर्मीसंग यौन सम्पर्क राख्ने गरेको अनुमान छ भने १ प्रतिशत भन्दा कम महिलाले पुरुष यौन कर्मीसंग सम्बन्ध रहेको सर्वे रहेको छ ।

माथि उत्लेखित तथ्यांक लाइ हेर्दा नेपालमा यौन बजारले ठूलो स्थान ओगटेको छ । परिवर्तित समय र पाश्चत्य संस्कारको आत्मसाथ कै कारण नेमालमा यौन बजार मौलाउँदो छ । नेपालमा यौन बजार ब्यबसाय फस्टाएको बिषय नौलो नभएता पनि राष्ट्रिय अनुसन्धान को रिपोर्ट लाइ आधार मान्ने हो भने यसले सबैलाई आश्र्चय चकित पार्न सक्छ ।

नेपालमा बार्षिक १४०० करोड को हाराहारीमा अवैध रुपमा यौनको ब्यापार हुन्छ, जसलाई करको दायर ल्याउन सके ब्यवस्थित यौन बाजरको बिस्तार हुने र देशलाई धेरै ठुलो रकम करका रुपमा सरकालाइ आम्दानी हुने देखिन्छ । यसरी अदृश्य रुपमा भईरहेको यौन ब्यवसायलाई ब्यवस्थित गर्न समेत बेला मौकाम सरोकारवालाहरु सरकारलाई सल्लाह दिएको पाइन्छ ।

२०७४ सालमा अनुसन्धान अधिकृत चन्द्र पौडेलले तयार पारेको १३ पानको रिपोर्टमा देशमा भई रहेको यौन ब्यापार र त्यसलाई कसरि कम गर्न सकिन्छ वा करको दायरामा ल्याउन सकिन्छ भनि सरकारलाई सुझाव गृह मन्त्रालयमा दिएको थियो ।

२०७६ सालको तथ्याँक हेर्दा नेपालमा ३० देखि ३५ हजारको हाराहारीमा महिला यौन कर्मी रहेका पाइएको छ भने ५०० देखि ६०० को हाराहारीमा पुरुष यौन कर्मी रहेकाछन् ।

काठमाडौँ उपत्यकामा मात्रै १५०० भन्दा बढी यौन रशलिलाका फल्याट रहेका छन् भने ५० फल्याट जति ५ तारे होटेलको सुबिधामा सञ्चालनमा छन् । त्यस्तै झुप्रा झाप्री मा २००० जति यौनकर्मी रहेको जनाइएको छ । एकदमै ठुलो घरानाका १००० भन्दा बढी यौनकर्मी रहेका सर्वेले देखाएको छ । पुरुष यौन कर्मी ५०० जति रहेको तथ्यांक छ, दोहारी, क्याबिन, र अन्य खालका पसलमा करीब ३००० को हाराहारीमा यौनकर्मी रहेको अनुमानित तथ्यांकेले देखाएको छ ।

हालको तथ्यांक अध्यान गर्दा काठमाडौँ उपत्यकामा मात्र ८५ प्रतिशत यौनकर्मी रहेको पाइएको छ भने, १५ प्रतिशत यौनकर्मी देशभर अन्य सहरमा रहेकाछन् । एउटा पुरुष यौनकर्मीको बार्षिक आय ५ लाख सहित गिफ्ट हरु रहेका छन् भने महिलाको हकमा ३ लाख तथा गिफ्ट, खान पिउनु लगाएतको सुबिधा समेत रहेको पाइएको छ ।

अधिकांस पुरुष यौन कर्मी २० देखि ३५ बर्ष तथा शारिरक सुगठन मजबुद र आकर्षक भएका रहेका छन् भने अधिकांश महिला यौनकर्मी आर्थिक बिपन्नता भएका , बिधार्थी वा गृहिणी रहेका छन् ।

महिला यौनकर्मीमा १८ बर्ष भन्दा कम उमेरका समेत ब्यापक मात्रामा रहेका तथ्यांकले देखाएको छ । एक फल्याट संचालकको बार्षिक आय १० लाखको हाराहारमिा रहेको देखिन्छ ।

यसरी मौलाउँदो यौन बजारलाई बेलैमा ब्यवस्थित तवराले सम्बोधन गर्न नसके यसले बिकराल रुप लिने र यसले देशलाई नै घाटा पराउने तर्फ सरोकारवालाहरुको ध्यान जानु पर्ने देखिन्छ । अवैध रुपमा यसरी सञ्चालन भएको यौन बजारलाई नियन्त्रण गर्ने को भन्ने समेत प्रश्न उब्जियएको छ । । बिबश दुवाल । 

Comments

comments

Share.
Loading...

Comments