म्यानचेष्टर युनाइटेड विजयी

0

एजेन्सी, १७ पुस । इग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले मिडिल्सबर्गलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले मिडिल्सबर्गलाई २–१ ले हराएको हो ।
युनाइटेडले दुई मिनेटमा जादुमय दुई गोल गर्दै मिडिल्सबर्गलाई हरायो । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेल दोस्रो हाफको ६७ औं मिनेटमा मिडिल्सबर्गले गोल गर्दै अग्रता लियो । ग्रान्ट लिडविटरको गोलमा मिडिल्सबर्गले अग्रता लिएको थियो । म्यानचेष्टर युनाइटेडका लागि एन्टोनी मार्टेलले ८५ औं र पाउल पोग्बाले ८६ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जिताए । उनीहरुले दुई मिनेटभित्र जादुमय दुई गोल गरेका थिए । यसअघिको खबरमा असावधानिबश युनाइटेड हुनु पर्ने ठाउँमा सिटी भएकाले सच्चयाइएको छ ।
गएरातिको जीतसँगै युनाइटेड १९ खेलबाट ३६ अंकसहित अंक तालिकाको छैठौ स्थानमा छ । यस्तै एक खेल कम खेलेको टोटनह्यम समान अंक भए पनि गोल अन्तरका आधारमा पाचौ स्थानमा छ ।

Comments

comments

Share.
Loading...

Comments