ओलम्पियन नयना शाक्यसँगै श्रीमान् र छोरा पनि संक्रमित

0

काठमाडौँ । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन्।

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन्। तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन्।

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments