फर्मुला वानका चालक पेरेजलाई कोरोना

0

काठमाडौं । फर्मुला वान टिम रेसिङ पोइन्टका चालक सर्जियो पेरेजलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । रेसिङ पोइन्टले चालक पेरेजलाई कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ ।

कोरोना देखिएपछि मेक्सिकन चालक पेरेजले ब्रिटिस ग्राण्ड प्रिक्स गुमाउने भएका छन् ।३० वर्षीय पेरेज कोरोना देखिने पहिलो फर्मुला वान चालक हुन् ।

उनी अहिले सेल्फ आईसोलेसनमा रहेको बताईएको छ । यस्तै रेसिङ पोइन्टले उनी पुर्णरुपमा स्वस्थ्य रहेको समेत बताएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments