लेष्टरलाई हराउँदै चेल्सी अन्तिम चारमा

0

काठमाडौं । चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।

Image

यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ असार १५ सोमबार

Comments

comments

Share.
Loading...

Comments