टोटेनहम स्टार सैन्य सेवामा सहभागी हुने

0

काठमाडौँ । टोटेनहमका फरवार्ड सन ह्युङ मिनले दक्षिण कोरियामा यस महिनाको अन्तिमबा सुरु हुने चार हप्ताको सैन्य सेवामा सहभागी हुने भएका छन् ।

प्रिमियर लिग क्लब टोटेनहमले समाचारको पुष्टि गर्दै आफ्ना स्टार यस महिनाको अन्तिम सुरु हुने अनिवार्य रुपमा रहेको चार हप्ताको सैन्य सेवामा सामेल हुने बताएको छ ।

सबै दक्षिण कोरियाली पुरुषलाई २८ बर्षको उमेरसम्ममा सैन्य सेवा पुरा गर्न अनिवार्य गरिएको छ ।

दक्षिण कोरियाली फरवार्ड सन जुलाईमा २८ बर्षको पुग्दैछन् । पछिल्लो महिना उनलाई आफ्नो घर फर्कन अनुमती दिईएको थियो । उनको भाँचिएको हातको आराम गर्न उनलाई क्लबले छुट्टी दिएको थियो ।

टोटनहमले आफ्ना फरवार्ड सैन्य सेवा समाप्त गरेर आगामी मेमा लण्डन फर्कने जानकारी दिएको छ । उनी लण्डनबाट घर फर्किएपछि दुई हप्ता एकान्तवासमा बस्नुपर्नेछ ।

उनले दक्षिण कोरियालाई सन् २०१८ मा एसियाली खेलमा उपाधि जिताएका थिए । सोही कारण उनको २१ महिनाको सैन्य सेवामा छुट प्रदान गरिएको थियो । तर उनले चार हप्ताको सैन्य सेवा भने गर्नुपर्नेछ ।

प्रिमियर लिग फुटबलमा यस बर्षको सुरुवातमै एस्टनभिल्लाबिरुद्व ३–२ को जित निकाल्ने क्रममा उनको हात भाँचिएको थियो । लगत्तै उनको हातको शल्यक्रिया गरिएको थियो ।

टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होलाई यस सिजन सन खेल्ने सम्भावना नरहेको बताएका थिए । कोरोना भाईरसका कारण प्रिमियर लिग समेत अनिश्चितकालका लागि स्थगित छ । एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार

Comments

comments

Share.
Loading...

Comments