ए डिभिजन अन्तिम खेलमा आर्मी क्लब र मछिन्द्र क्लबबीच भिड्दै

0

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल भईरहेको छ । दशरथ रंगशालामा भईरहेको खेलको पहिलो हाफ सकिँदा मछिन्द्रले १-० को अग्रता बनाएको छ ।

खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको हो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको हो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।

प्रकाशित मितिः २०७६ फागुन ३ शनिबार

Comments

comments

Share.
Loading...

Comments