नाडाल दोस्रो चरणमा

0

काठमाडौँ । विश्व नम्बर एक स्पेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मेलबर्नमा मंगलबार भएको खेलमा बोलिभियाका हुगो डेलीनलाई हराएर नाडाल दोस्रो चरणमा पुगेका हुन् ।

गत वर्षका उपविजेता नाडालले ७२ औं वरियताका हुगोलाई ६-२, ६-३ र ६-० ले हराए । अब नाडालले तेस्रो चरणमा फेड्रिको डेल्बोनिस र जोआ सौसाबीचको विजेतासँग खेल्नेछ । गत वर्ष नाडाल फाइनलमा रोजर फेडेररसँग पराजित भएका थिए ।

अष्ट्रेलियन ओपन अन्तर्गत नै पाँचौं वरियताका डोमिनिक थिम, नवौं वरियताका रोबर्टो बाटिष्टा र १४ औं सरियाताका डिएगो स्वार्टम्यान समेत दोस्रो चरणमा पुगेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments