स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने

0

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको छ । डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो ।

बार्सिलोनाको सन् २०१८/१९ को सिजनको कमाई ७४१.१ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना पहिलो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

यस्तै स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । रियलको कमाई ६६७.५ मिलियन पाउण्ड रहेको छ ।

तेस्रो स्थानमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । युनाइटेडको कमाई ६२७.१ मिलियन पाउण्ड रहेको छ ।

चौंथो स्थानको वायर्न म्युनिखको ५८१.८ मिलियन पाउण्ड रहदा पाँचौं स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) को ५६०.५ मिलियन पाउण्ड रहेको छ ।

यस्तै छैटौं स्थानमा म्यानचेस्टर सिटी, सातौं स्थानमा लिभरपुल, आठौं स्थानमा टोटेनहम, नवौं स्थानमा चेल्सी र दशौँ स्थानमा युभेन्ट्स रहेको छ । एजेन्सी

प्रकाशित मितिः मंगलबार २९ पौष

Comments

comments

Share.
Loading...

Comments