क्यान को निलम्बन सशर्त फुकुवा

0

काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यान माथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, शर्तका विषयमा भने प्रष्ट खुलाएको छैन ।

यस्तै, आइसिसीले जिम्बावेको निलम्बन पनि फुकुवा गरेको छ । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई २०१६ मा निलम्बन गरेको थियो ।

आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।

प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments