चोट मुक्त हुँदै मैदान फर्किएका एम्बाप्पेले लिग वानको खेल गुमाउने

0

काठमाडौँ । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले फ्रेन्च लिग वानको खेल गुमाउने भएका छन् । चोट मुक्त हुँदै मैदान फर्किएका एम्बाप्पेले फेरी लिग वान अन्तर्गत शीर्ष क्लब एङगर्सविरुद्वको खेल गुमाउने भएका हुन् ।

मुख्य प्रशिक्षक थोमस टुचेलले एम्बाप्पेले लिग वानको आगामी खेल एम्बाप्पेले गुमाउने पुष्टि गरेका हुन् । २० बर्षिया युवा स्टार ह्यामस्टिङको कारण गत अगष्टदेखि मैदान बाहिर थिए । तर उनी पछिल्लो हप्ता मैदान फर्किएका थिए । उनले लिग वानमा बोर्डो र च्याम्पियन्स लिगमा गलतासारेविरुद्व मैदानमा देखिएका थिए ।

नयाँ सिजनमा एम्बाप्पे चोटका कारण अधिकांश समय मैदान बाहिर रहेका छन् । विश्वकप विजेता टोलीका महत्वपुर्ण सदस्य एम्बाप्पे झण्डै एक महिला बढी समय मैदान रहेका छन् ।

उनी मैदानमा देखिन असम्भव छ ।प्रशिक्षक टुचेलले भने, तर उनको चोटमा समस्या छैन । यो डर र हतासबीचको भिन्नता हो । यो निको हुन केही समय लाग्छ । उनी निकै स्वतन्त्र महशुश गरेका छन् । तर त्यहाँ केही साना असरहरु छन् । जब उनी त्यो महशुश गर्छन्, उनले गुमाएका हुदैनन् । म विश्वस्त छु, केही दिनको उपचारपछि उनी पुर्ण रुपमा निको हुनेछन् । उनले थपे ।

पीएसजीले चोटकै कारण ईडिन्सन काभानीलाई समेत पछिल्लो समय गुमाएको छ । उनी समेत मैदान फर्कने तयारी गरेका छन् । पीएसजी ८ खेलको समाप्तिमा १८ अंक सहित शीर्ष स्थानमा छ । एङगर्स १६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज १८ शनिबार

Comments

comments

Share.
Loading...

Comments