आर्सनलमाथि लिभरपुलको जीत

0

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई हराएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ ले हराएको हो । लिभरपुलका मोहमद सलाहले दुई र जोएल माटिपले एक गोल गरे । आर्सनलका लागि लुकास ट्रोरिराले एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ५८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३–० को अग्रता बनाए । त्यसपछि ८५ औं मिनेटमा लुकासले एक गोल गरे पनि आर्सनल ३–१ ले हार्ने पुग्यो । जितसँगै लिभरपुलले ३ खेलबाट शतप्रतिशत नतिजासहित ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । आर्सनल ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । आर्सनलको यो पहिलो हार हो । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार

Comments

comments

Share.
Loading...

Comments