भारतद्वारा टी–ट्वान्टी सिरिज ‘क्लिनस्वीप’

0

काठमाडौँ । वेस्ट ईन्डिजविरुद्व तीन म्याचको टी–ट्वान्टी सिरिज भारतले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै भारतले सिरिज क्लिनस्वीप गरेको हो ।

१ सय ४७ रनको लक्ष्य भ्रमणकारी टोली भारतले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्यो । ऋषभ पन्तले नटआउट ६५ रन प्रहार गर्दै भारतलाई जित दिलाएका थिए । कप्तान विराट कोहलीले समेत ५९ रन बनाएका थिए । केएल राहुल २० र शिखर धवन ३ रनमा आउट भएपछि भारतीय टिम दबाबमा आएको थियो । वेस्ट ईन्डिजका ओशेन थोमसले सर्वाधिक २ विकेट लिएका थिए ।

सुरुवाती ब्याटिङ गरेको वेस्ट ईन्डिजले ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । किरोन पोलार्डले ५८ रन बनाउनु बाहेक अन्यको प्रर्दशन खासै गतिलो रहन सकेन । रोभमन पोवेलले नटआउट ३२ रन बनाएका थिए । भारतका दिपक चाहरले सर्वाधिक ३ विकेट लिएका थिए । वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले तीन म्याचको टी–ट्वान्टी र तीन म्याचको वन डे सिरिज खेल्नेछ । त्यस्तै दुई म्याचको टेष्ट सिरिज समेत खेल्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन २२ बुधबार

Comments

comments

Share.
Loading...

Comments