स्विडेन क्वाटरफाईनलमा

0

काठमाडौं । स्विडेन महिला विश्वकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । क्यानडालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो ।

स्टिना ब्ल्याकस्टोनियसले  खेलको ५५ औ मिनेटमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो । त्यहीनै स्विडेनले गरेको पहिलो गतिलो आक्रमण थियो ।क्यानडाले पेनाल्टीमार्फत गोल फर्काउने अवसर नपाएको भने होईन । तर लेने बेकीको पेनाल्टी प्रहारलाई स्विडेनकी गोलकिपर हेडविग लिन्डहलले उत्कृष्ट ढङ्गले बचाउ गरेकी थिईन् ।

स्विडेनले कमै मात्रामा क्यानडाविरुद्व गोलको अवसर सिर्जना गरेको थियो । अब स्विडेनले सेमिफाईनल प्रवेशका लागि जर्मनीसंग खेल्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ असार १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments