उरुग्वे समूह विजेता बन्दै क्वाटरफाइनलमा

0

काठमाडौं । उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।

उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् ।

जितसंगै समूह सी को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो । साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो ।

अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसंग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ असार १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments