मनाङले राख्यो एन्फा कम्प्लेक्समा सिट नम्बर

0

काठमाडौं । एएफसी कपमा प्रतिस्पर्धा गरिरहेको पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदान एन्फा कम्प्लेक्स मैदानको प्याराफिटमा सिट नम्बर राखेको छ ।एसियाली फुटबल महासंघ एएफसी ले कारबाहीको चेतावनी दिएपछि मनाङले घरेलु मैदान एन्फा कम्प्लेक्सको मैदानमा सिट नम्बर राखेको हो ।

मनाङसंग आफ्नो रंगशाला नभएको कारण एएफसी कपका लागि एन्फा कम्प्लेक्सलाई होम मैदान घरेलु मैदान को रुपमा प्रयोग गर्दै आईरहेको छ ।तर, एएफसीले मनाङले अघिल्लो खेलमा रंगशालाको सिट संख्या र टिकटको दर उपलब्ध गराउन नसकेको र प्रतियोगिताको नियम उलंघन गरेको भन्दै कारबाहीको चेतावनी दिएको थियो । एएफसीले अर्को पटक यस गल्ती दोहोर्राएमा मनाङलाई जरिवाना गर्ने जनाएको छ ।

मनाङले घरेलु मैदानमा बंगलादेशी क्लब अबहानी लिमिटेडसंग खेलेको थियो । उक्त खेलमा मनाङ १-० ले पराजित भएको थियो ।एएफसीको चेतवानीपछि मनाङले भारतीय क्लब मिनर्वा पन्जाबसंगको खेलअघि रंगशालामा सिट र सिट नम्बर राखेको हो ।

मनाङले दोस्रो होम खेल अन्तर्गत बुधबार मिनर्वासंग खेल्दैछ ।

 सोमवार, बैशाख ३०, २०७६

Comments

comments

Share.
Loading...

Comments