सुनको मूल्यमा सामान्य वृद्धि

0

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । सोमवार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवारको तुलनामा सोमवार छापावाल सुनमा ५ सय रुपैयाँको वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

सोमवार तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । सोमवार चाँदीको मूल्य भने स्थिर बसेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोवार भएको थियो ।

प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार

Comments

comments

Share.
Loading...

Comments