घट्यो सुनचाँदीको मूल्य

0

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन ६ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज ६ सयले घटेर प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असोज २ बिहिबार

Comments

comments

Share.
Loading...

Comments