आज सुनको मूल्य स्थिर चाँदीको घट्यो

0

काठमाडौँ ४ साउन ।  साताको छैठौं दिन आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । छापावाला सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि स्थिर रहँदै ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीमा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

comments

Share.

Comments