आज बिहिबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

0

काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मितिः २०७९ बैशाख २९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments