जनशक्तिको अभावले विकासमा समस्या : मेयर खड्का

0

दैलेखमा रहेका ११ वटा स्थानीय तहमध्ये सबैभन्दा पुरानो मानिएको नारायण नगरपालिकाको स्थापना २०५३ सालमा भएको हो। नारायण नगरपालिकाको पूर्वमा भगवतीमाई गाउँपालिका, पश्चिममा दुल्लु नगरपालिका, उत्तरमा नौमुले गाउँपालिका र दक्षिणमा डुगेश्वर गाउँपालिका पर्छन्। नारायण नगरपालिका भौगोलिक रूपले जिल्लाका अन्य स्थानीय तहहरूभन्दा पूर्वाधारयुक्त मानिन्छ। यस नगरपालिकाको क्षेत्रफल ६७।०१ वर्ग किलोमिटर रहेको छ। २०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्या २२ हजार ४६४ छ। २०५३ सालमा पहिलो पटक स्थापना भएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का २० वर्षपछिको स्थानीय निर्वाचनमा नगर प्रमुखका रूपमा निर्वाचित भएका छन्। नारायण नगपालिकाभित्रका जनताका सबै समस्याका बारेमा जानकार रहेका खड्का जिल्ला सदरमुकाम दैलेख बजार नजिकै रहेको वडा नम्बर ६ किमुगाउँमा जन्मिएका हुन्। प्रस्तुत छ दैलेख जिल्लाको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्कासँग गरिएको भलाकुसारी ।

निर्वाचनका बेला तपाईंले जनता सामु गर्नुभएका प्रतिवद्धता केके थिए ?

संघीय संरचनामा मुलुक गइसकेपछि संविधान कार्यान्वयन गराउने सन्दर्भमा तीन तहको निर्वाचन सम्पन्न भयो। पहिलो निर्वाचनमा हामीले समृद्ध र सुन्दर नगर निर्माणका लागि गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, जातीय विभेदमुक्त नगर, लैंगिक समानता, पर्यटन विकासका पूर्वाधार निर्माण, सुशासन कायम, बेरोजगार युवाहरूलाई स्थानीयस्तरमै रोजगारीको सिर्जना, कृषि तथा लघु उद्यमको माध्यमबाट नगरको आर्थिक समृद्धि कायम गर्ने उद्देश्यका साथ हाम्रा घोषणापत्रहरू लिएर जनता सामु गएका थियौँ। हामीले जनता सामु गरेका प्रतिबद्धताका आधारमा निर्वाचन जितिसकेपछि चुनावी प्रतिबद्धतामा टेकेर अहिले स्थानीय सरकार संचालन गरिरहेका छौँ।

प्रतिबद्धताहरू कार्यान्वयनको अवस्था कस्तो छ ?

हामीले जनता सामु गरेका थुप्रै प्रतिबद्धताहरू छन्। हामीले कार्यभार सम्हालेको एक वर्ष पुगेको छ। एक वर्षको अवधिमा हाम्रा प्रतिबद्धतामा उल्लेख भएका सबै कुराहरू विविध कारणले पूरा हुन सकेका छैनन्। जनता सामु गरेका प्रतिवद्धताहरू क्रमिक रूपमा पूरा गर्दै जानेछौँ। जनता सामु गरिएका प्रतिवद्धता तत्कालै पूरा गर्न पाए हामीले जनता सामु गरेका वाचाहरू पूरा भएका ठानिन्थ्यो। हामीसँग वर्तमान अवस्थामा भएका स्रोत साधन र दक्ष प्राविधिक जनशक्तिको सहयोगमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न लागिपरेका छौँ। कतिपय कामहरू पूरा गर्ने सन्दर्भमा आवश्यक स्थानीय कानुन निर्माण, कार्यविधि र निर्देशिकाहरू र केही पञ्चवर्षीय योजनाको खाका तयार गरेका छौँ। त्यसलाई पूर्णता दिनका लागि नगर परिषदमा प्रस्तुत गर्ने व्यवस्था मिलाएका छौँ। स्थानीय सरकार संचालन गर्न ऐन, नियम र कानुनको अभाव खड्किरहेको छ। त्यसतर्फ हामीले विभिन्न कानुनहरू निर्माण गरेका छौँ। सहकारी ऐन, शिक्षा ऐन, तिनका कार्यविधिहरू निर्माण गरिसकेका छौँ। निर्देशिका निर्माण गरिसकेका छौँ। ती ऐन नियमलाई आगामी नगरसभामा प्रस्तुत गरेर प्रमाणीकरण गर्ने तयारीमा छौँ।

चुनावी प्रतिवद्धता निर्वाचन जित्नकै लागि गरिएका हुन् या कार्यान्वयन गर्न ?

चुनावी मैदानमा जाँदा कुनै न कुनै प्रतिबद्धताहरू लिएर जानुु नै पर्छ। त्यो स्वाभाविक प्रक्रिया नै हो। हाम्रो पार्टीबाट प्रस्तुत गरिएका प्रतिबद्धताले हामीलाई जिताउनु नै थियो। त्यो स्वाभाविक पनि हो। प्रतिबद्धता भनेको जितिसकेपछि कसरी नगर समृद्ध बनाउने, चुनौतीहरू कसरी पार गर्ने भन्ने सन्दर्भमा काम गर्न जरुरी थियो। चुनाव जितिसकेपछि नगरपालिकालाई समृद्ध पार्नका निमित्त तत्कालीन समयमा गरिएका प्रतिवद्धतामै टेकेर काम गर्ने एउटा रोडम्याप निर्माण गरिएको हो। हामीले भनेअनुसार शुद्ध खानेपानी, विद्युत, सडक पूर्वाधारलगायतका विविध कामहरू भइरहेका छन्। अन्य प्रतिवद्धताहरू क्रमिक रूपमा कार्यान्वयनको चरणमा छन्। तपाईंले नगरपालिकाको प्रमुखको रूपमा पदवाहली गर्नुभएको एक वर्ष बित्यो।

एक वर्षमा कस्ता चुनौतीहरू खेप्नुपर्‍यो ?

अवसरहरू कस्ता आएरु नगर संचालनका लागि दक्ष जनशक्तिको अभाव छ। अहिले पनि संघीय संरचनाअन्तर्गत कर्मचारी समायोजन गर्न संघीय सरकारले पनि नसकिरहेको अवस्था छ। संघीय सरकारलाई पनि कर्मचारी समायोजन गर्न अझै केही समय लाग्ने देखिएको छ। पर्याप्त जनशक्ति नभएका कारण पनि चाहेजति विकास गर्न सकिरहेका छैनौँ। सरोकारवाला निकायहरूसँग तपाईंका वार्षिक कार्यक्रम केके हुन्रु नगरसभामा ल्याउनुपर्‍यो भनेर पत्राचार गर्‍यौँ। धेरै विषयगत कार्यालयहरू र संघसंस्थाहरूले समयमै कार्यक्रम नल्याएको हुनाले समस्या भएको हो। उहाँहरूले नगरसभाभन्दा पहिला ल्याइपुर्‍याउनुभएन।

त्यही कारणले हामीलाई चुनौती थपिएको हो। नगर समृद्धिका निमित्त आवश्यक पर्ने कामहरू हामीले संचालन गरिरहेका छौँ। अवसरका कुरा गर्दा, बहुमत प्राप्त गरेर आफ्नो नगरमा निर्वाचित भएका थियौँ। त्योभन्दा ठूलो समृद्ध नगर निर्माण गर्न नगरको शिक्षा, स्वास्थ्य सुलभ बनाउन, पर्यटन विकास, कृषि तथा लद्यु उद्यमको माध्यमबाट नगरबासीको आर्थिक उन्नति गर्ने एउटा ठूलो अवसर प्राप्त भयो। केही कुराको तालमेल नभएकाले हामीले चाहेजति लक्ष्य र उद्देश्य पूरा गर्ने गन्तव्यमा पुग्ने एउटा सपना देखेका थियौँ। त्यो पूरा गर्न नसकिरहेको अवस्था छ। धैर्य के कुरामा गरिरहेका छौँ भने हामी पाँच वर्षका लागि निर्वाचित भएका हौँ। स्थानीय सरकार संचालन गर्न ऐन, नियम र कानुनको अभाव खड्किरहेको छ। त्यसतर्फ हामीले विभिन्न कानुनहरू निर्माण गरेका छौँ। सहकारी ऐन, शिक्षा ऐन, तिनका कार्यविधिहरू निर्माण गरिसकेका छौँ। निर्देशिका निर्माण गरिसकेका छौँ। ती ऐन नियमलाई आगामी नगरसभामा प्रस्तुत गरेर प्रमाणीकरण गर्ने तयारीमा छौँ।

जिल्ला सदरमुकाममा रहेको सडक अस्तव्यस्त छ, त्यसका लागि के योजना बनाउनुभएको छ ?

हामी निर्वाचित भइसकेपछि लगत्तै ठूलो वर्षा भयो। वर्षातको समयमा बजार क्षेत्रमा हिँड्न सक्ने अवस्था थिएन। सदरमुकाममा हिँड्ने नागरिकहरू हातमा चप्पल समातेर हिँड्नुपर्ने अवस्था थियो। वर्षातको समयमा देवकोटाचोकदेखि गणेशचोकसम्म जनतालाई हिँड्नका लागि केही सहजता होस् भनेर वर्षातको चुनौतीसँग जुध्न गत वर्ष केही बिग्रिएका स्थानमा सडक कालोपत्रे गर्‍यौँ। अहिले दुई करोड ५० लाख र ६७ लाख रुपैयाँका छुट्टाछुट्टै टेन्डर गरेर तीनवटा कामहरू हामीले ठेकेदाहरूसँग सम्झौता गरिसकेका छौँ। काँडाचौरमा ग्याविन जालीको काम अगाडि बढिरहेको छ। सिमेन्ट मेसनरी वाल निर्माण गर्ने काम सुरु भएको छ। सडक कालोपत्रे गर्ने काम पनि धमाधम सुरु गरेका छौँ। निर्माण कम्पनी वा ठेकेदारहरूलाई ताकेता गरेर नगरको विकासको काम तीब्र गतिमा अगाडि बढाउँदै छौँ। यसै आर्थिक वर्षभित्र लथालिंग भएका सडक व्यवस्थित ढंगबाट निर्माण गरेर नगरको मुहार फर्नेछौँ। त्यो कुरामा सफल हुन्छौँ भन्ने लाग्छ। नगरको बाटो लथालिंग हुने एउटा कारण दैलेख साहारे खानेपानी आयोजनाले बाटोको दुवैपट्टि खनेर पाइप बिच्छ्याउने कामले पनि नगरको बाटो लथालिंग भएको हो। उहाँहरूलाई बारम्बार ताकेता गरेर सदरमुकामभित्रको खानेपानी समस्या समाधान भएको छ। हामीले दैलेखको पर्यटन विकासका लागि कोटिलामा मानवनिर्मित ताल निर्माणको काम थालनी गरेका छौँ। अहिले त्यसको डीपीआर सुरु भएको छ। स्थानीय तह निर्वाचन भएको एक वर्ष बितिसक्दा वडा कार्यालयहरू सबै नगरपालिकाको एउटा कोठामा छन्, यसले जनताले सास्ती व्यहोर्नुपरेको छ।

वडा कार्यालयहरू सधैँ जिल्ला सदरमुकाममै रहने हुन् त ?

यो कुरा स्वाभाविक छ र वास्तविक पनि हो। अरू स्थानीय तहभन्दा नारायण नगरपालिका कार्य सञ्चालनमा केही भिन्नता पनि छन्। नयाँ समायोजन भएर आउने वडा नम्बर– १० भवानी र वडा नम्बर– ११ विन्ध्यवासिनी थियो। खरीगैराको वडा नम्बर ८ र ९ रातापानी र देवलकाँडापछि संघीय संरचनामा समायोजन भएर आएका थिए। नारायण नगरपालिका पुरानो नगरपालिका भएकाले सबै कुरा अनलाइन सिस्टमबाट, सामाजिक सुरक्षा भत्ताको काम, जन्म दर्ताको काम, मृत्यु दर्ता, एकीकृत सम्पति कर आदि सबै अनलाइन सिस्टमबाट चलाउनुपर्ने कारणले वडामा यी काम गर्ने दक्ष जनशक्ति थिएन। सबै वडा सचिवलाई तालिम दिएर सबै वडाहरूमा पठाउने काम सुरु भइसकेको छ। जेठ १ गतेदेखि नै गाउँबाट जनताले सेवा पाउने अवस्था भइसकेको छ।

तपाईं निर्वाचित भइसकेपछि गर्न नसकेका कामहरू केके हुन्र ?

नगर सरकार प्रमुखले नगर समृद्धिका निमित्त दिनहुँ एकपछि अर्को काम गर्न सकेको भए जनताबाट थुप्रै स्याबसी पाउँथे। कतिपय कामहरू नगर सरकारको पहुँचभन्दा पर अथवा वित्तीय सहयोगको तथा प्राप्त अनुदानको आधारमा काम गर्न नसकिने केही आयोजनाहरू पनि छन्। तीमध्ये नारायण चक्रपथ निर्माण गर्ने महत्त्वपूर्ण आयोजना छ। कृषि क्याम्पसका पूर्वाधार निर्माण र कृषि क्याम्पसका लागि सम्बन्धन प्राप्त गर्ने। अर्को नारायण नगरपालिका– १० मा जडिबुटी उद्यान फर्म निर्माण गर्ने एउटा आयोजना छ। पर्यटन विकास नगर समृद्धिका निमित्त राइली त्रिपानी पर्यटक पूर्वाधार विकास गर्नुपर्छ भन्ने उद्देश्यले डीपीआर निर्माणको काम अगाडि बढाउने सोचिरहेको छु। प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्येको कोटिलामा मानवनिर्मित ताल निर्माण गरेर यो नगरको सिंगो बेरोजगारी समस्या न्यूनीकरण र पर्यटन विकासमार्फत् आन्तरिक र बाह्य पर्यटकहरू भित्र्याउनु यस नगरको आर्थिक समृद्धिको एउटा मुख्य पाटो हो। यसका लागि अहिले डीपीआर निर्माण भइसकेको छ। यसमा जनशक्तिको अभावले केही कठिनाइ अवश्य भएको छ।

नगरभित्रका पर्यटकीयस्थलको विकास गर्ने के कस्ता योजना छन्र ?

नगरभित्र पर्यटकीय क्षेत्र निर्माण गर्नका निमित्त कोटिलामा मानवनिर्मित ताल निर्माण गर्ने मुख्य उद्देश्य छ। विश्व सम्पदा सूचीभित्र रहेका राष्ट्रिय महत्त्वका मठ मन्दिरहरूलाई सम्वर्द्धन र संरक्षण गरिनेछ। भुर्तीमा रहेको पञ्चदेवलको संरक्षण, बेलासपुर भैरव मन्दिरको संरक्षण, किमुगाउँमा रहेका पञ्चदेवल तीर्थस्थल, श्रीस्थान जाँदा बाटोमा पर्ने पञ्चदेवलहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौँ। नगरभित्र रहेको ऐतिहासिक कोतगढी संरक्षण र संवर्धन गरी पर्यटकीय क्षेत्र व्यवस्थापन गर्ने योजना गरिरहेको छु। नारायण नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको सिमानामा रहेको ऐतिहासिक ज्वाला क्षेत्रलाई मुख्य पर्यटकीय क्षेत्र निर्माण गर्ने योजना छ। दैलेखको शिरिस्थानमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् गर्न सरकारको ध्यानाकर्षण गर्नेजस्ता कामहरूको बारेमा पनि पहल भएको छ।

यो एक वर्षमा नगरबासीले गर्व गर्न सक्ने काम केके गर्नुभयो  ?

नगर समृद्ध बनाउनका लागि हामीले आधारभूत तहबाट बस्ती स्तरदेखि उनीहरूको आवश्यकताका आधारमा जनताको चाहाना के होरु ती समुदायको चाहनाअनुरूप आयोजनाहरू छनोट गरेर ल्याएका छौँ। चुनावमा जाँदा हामीले जनता सामु वाचा पनि गरेका थियौँ। ती सबै वाचा नगर समृद्ध बनाउनका लागि गरिएका हुन्। नागरिकहरूले आवश्यकताका आधारमा गरेका मागहरू निर्माण गर्दा टुक्रे आयोजनाहरूका माग अलि धेरै छन्। आयोजनाहरूका ८० प्रतिशत काम पूरा गरिसकेका छौँ। यस आर्थिक वर्षको अझै पनि दुई महिना बाँकी छ। यसबीचमा ती योजनाहरू पूरा गर्नेछौँ। अन्तैबाट

Comments

comments

Share.

Comments