वायु प्रदूषणको अवस्था भयावह छ : सापकोटा

0

सुर्खेतको विद्यापुरमा जन्मिएका बुद्धिप्रसाद सापकोटा अहिले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंमा अध्यापनरत छन् । शिक्षण पेसासँगै विभिन्न खोज अनुसन्धानमा सक्रिय सापकोटा सुर्खेतमा रहेको सुन्दर नेपाल नामक चर्चित गैरसरकारी संस्थाका संस्थापक अध्यक्षसमेत हुन् । शैक्षिक योग्यताका हिसाबले एमफिल ९गणित०, एमए समाजशास्त्र÷मानवशास्त्र गरिसकेका सापकोटा घरभित्रको वायु प्रदूषणका शोधकर्ताका रूपमा पनि परिचित छन् । उनै प्राध्यापक सापकोटासँग कमल न्यौपानेले वायु प्रदूषणका विषयमा गरेको कुारकानी ।

घरभित्रको वायु प्रदूषण कसरी हुन्छ र ?
मानव जीवनका लागि चाहिने विभिन्न तत्व मध्ये वायु पनि एक हो । खाना, पानी, र प्रकाशविना मानिस केही समय बाँच्न सक्ला तर वायुविना केही मिनेट पनि बाँच्न सक्दैन । वायु प्राकृतिक रूपमा शुद्ध हुन्छ । जब हाम्रो वरपर रहेको हावामा एक वा एकभन्दा बढी वाह्य तत्वहरू जस्तै हानिकारक ग्यासहरू, रासायनिक तत्वहरू र सुक्ष्म कणहरू मानव, जनावर र रुखविरुवाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरी निश्चित मात्राभन्दा बढी प्रवेश गर्छन् तब त्यसलाई हामी वायु प्रदूषण भन्दछौँ ।

शुद्ध वायुमा वाह्य वस्तु तत्वहरूको प्रवेश नै वायु प्रदुषणको मुख्य कारण हो जुन मानव स्वास्थ्यको लागि हानिकारक छ । मानिसले आफ्नो जीवनको करिब ९० प्रतिशत समय घरभित्र बिताउँछन् । विकाससील देशका करिब ३ अर्ब मानिस खाना पकाउन काठदाउरा प्रयोग गर्छन् । यसको प्रत्यक्ष प्रभावमा विशेषगरी महिला, बालबालिका र बुढाबुढी, बिरामीहरूलाई बढी असर पार्दछ । यसरी विभिन्न श्रोतबाट हामी रहने घर, विद्यालय, कारखाना वा कायर्यस्थलभित्रको हावा प्रदूषित हुनुलाई घरभित्रको वायु प्रदूषण भनिन्छ ।

घरभित्रको वायु प्रदूषणका कारणहरू के के हुन् ?
नेपाललगायत विकासोन्मुख देशमा खाना पकाउन बालिने इन्धन खासगरि दाउरा, गुइँठा आदिबाट निस्कने धुवा घरेलु वायु प्रदूषणको एक मुख्य कारण रहेको छ । हावा राम्रोसँग नखेल्ने ९भेन्टिलेशन विनाको० भान्छाकोठामा परम्परागत चुलोमा दाउरा, कोइला, गुइँठा, कृषिजन्य अवशेष आदिजस्ता ठोस इन्धन प्रयोग गरी खाना पकाउँदा घरभित्र अत्यधिक मात्रामा वायु प्रदूषण हुन्छ । घरभित्रको वायु प्रदुषणका लागि ढुसी, भाइरस, ब्याक्टेरिया, फर्निचरहरू, सफाइ र मर्मतका सामग्री, कस्मेटिक्सका सामग्री र विषादीहरू र बाह्य वायु प्रदूषणहरू जिम्मेवार रहे पनि यसको मुख्य श्रोतहरूमा कोइला, तम्बाकु तथा इन्धनको प्रज्वलन र कमजोर भेन्टिलेसन रहेका छन् ।

विश्वको जनसंख्याको आधाभन्दा बढी जनसंख्या विषेशगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका अधिकांश मानिसहरू अहिले पनि काठ, दाउरा, कोइला, गुइँठा, कृषिजन्य ९पराल, जुट, धानको भुस, बाँस आदि० पशुजन्य वस्तुका अवशेषजस्ता अप्रशोधित जैविक ऊर्जाका श्रोतहरूमा भर पर्दछन् । वर्तमान तथ्यांकले के देखाउँछ भने कुल ऊर्जाको करिब ८९ प्रतिशत खाना पकाउने र तताउने प्रयोजनका लागि घरायसी रूपमा प्रयोग हुन्छ । यसमध्ये अधिकांश भाग दाउराको प्रयोगबाट प्राप्त हुन्छ ।

यसरी तेल, ग्यास, मट्टितेल, कोइला, दाउरा आदि जल्दा निस्कने प्रदुषण, कार्पेट, रंगरोगन, नयां फर्निचर, घर सफाइका सामग्रीहरू, व्यक्तिगत कस्मेटिक सामग्रीहरू, ब्याक्टेरिया, ढुसी, भाइरस, जनावर र घरायसी कीटाणुहरू, सवारीका साधनहरू, उद्योगधन्दा, निर्माण कार्य, धूमपान, अगरबत्ती तथा अन्य बाहिरको प्रदूषित वायु आदि कारणले घरभित्रको बायुप्रदूषण बढेको हुन्छ ।

वायु प्रदूषणका असरहरू के के हुन सक्छन् ?
वायु प्रदूषणका कारण विश्वमा करिब ४० लाख मानिसले प्रतिवर्ष ज्यान गुमाउने गरेका छन् । नेपालमा यो संख्या वार्षिक १० हजारभन्दा बढी छ । विश्वमा मानव मृत्युका प्रमुख कारणहरूमध्ये घरभित्रको धुवाँ चौथो स्थानमा पर्दछ ।

पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुपोषण, असुरक्षित यौन सम्र्पक र असुरक्षित खानेपानी तथा सरसफाइको कमी रहेका छन् । घरभित्रको धुवाँको अध्ययन भन्नाले यसको उत्पति संग्रह र लेखाजोखाको अध्ययनलाई बुझाउँछ ।

वायुप्रदूषणले विभिन्न किसिमले मानव स्वास्थ्यमा हानी गर्दछ । यो श्वासप्रश्वास र फोक्सोको रोगको प्रमुख कारण हो । खास गरेर महिला तथा उनीहरूका साना बालबच्चाहरू बढी समय भान्छाकोठामा बस्ने भएकाले उनीहरूलाई धुवांले बढी खराब असर गर्दछ ।

यसका कारण घांटी खसखसाउने, खोकी लाग्ने, कफ आउने नाकबाट पानी बग्ने, आंखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आंसु आउने, घॉंटी दुख्ने, बच्चालाई निमोनिया हुने, मानसिक तनाव हुने आदि अल्पकालीन असरहरू हुन । अत्यधिक धुवांमा बसेको खण्डमा श्वास फेर्न गा¥हो हुने र निस्सासिएर मृत्यु समेत हुनसक्छ ।

धेरै समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाबिन्दु आदि लाग्ने संभावना बढी हुन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार धेरै समय धुंवामा बस्ने गर्भवती महिलाका बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्मने र अत्यधिक प्रदूषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ । चुरोट सेवन गर्ने महिलाको अनुहारको चम्किलोपना हराउने, छाला पातलो तथा तन्किने हुन्छ । चुरोट सेवन क्यान्सरको प्रमुख कारक हो ।

घरभित्रको वायु प्रदूषण नियन्त्रण गर्ने के कस्ता उपायहरू छन् ?
घरभित्रको धुवाँको कारण मानव स्वास्थ्यमा पर्ने भयावह असर न्यूनीकरण गर्नका लागि विशेष केही सामान्य र केही संरचतागत कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो कुरा हो सार्वजनिक जनचेतना । उनीहरूलाई विभिन्न माध्ययमबाट घरभित्रको धुवाँ र यसका असरका बारेमा जानकारी दिनुपर्छ । यसका लागि सरकारी, गैरसरकारी र निजी क्षेत्रका संयन्त्रहरूको अत्यधिक प्रयोग गर्नुपर्दछ । दोस्रो हामीले प्रयोग गर्ने इन्धनको तरिकामा परिर्वतन गर्नुपर्छ । अप्रशोधित÷काँचो जैविक इन्धनको सट्टा प्रशोधित÷सुकेको इन्धन प्रयोग गर्ने । जैविक इन्धनको सट्टा ग्यास, बिजुलीजस्ता उच्चस्तरीय ऊर्जाका श्रोतहरूको प्रयोग गर्ने ।

तेस्रो कुरा चुलाको डिजाइनमा परिवर्तन गर्नुपर्छ । सुधारिएको चुलोहरूको प्रयोग गर्ने । चौथो कुरा भेन्टिलेसनको सुधार हो । भान्छाकोठामा प्रशस्त मात्रामा हावा ओहोरदोहोर गर्ने गरी झ्यालको व्यवस्था गर्ने । महत्वपूर्ण कुरा भनेको सर्वपक्षीय संलग्नता हो । स्थानीय रूपमा उपलब्ध हुने सामग्रीबाट, स्थानीय चुलो प्रवद्र्धकले निर्माण गर्ने सुधारिएको चुलो, बायोग्यास÷गोबरग्यास प्लान्टको निर्माणबाट अत्यधिक मात्रामा घरभित्रको धुवाँको प्रदूषण कम टेवा पु¥याएको छ ।

यातायात, कलकारखाना, मानव क्रियाकलापका विविध कार्यले हावामा वायु प्रदूषण कम गरी व्यापक रूपमा फैलिरहेको क्यान्सर, दम र अन्य रोगहरूबाट बच्नका लागि बजारमा आधुनिक प्रविधिहरू पनि बजारमा आएका छन् । पंखा, किचन हुड ९धुवाँ बाहिर फाल्ने यान्त्रिक पाइप०, एयर कन्डिसन, हावा शुद्घ पार्ने मेसिन० आदि प्रविधिको प्रयोग गर्नाले प्रविधि अनुसार यसको प्रभाव कम गर्न वा बच्न सकिन्छ ।

घरभित्रको वायुप्रदूषण हटाउने यस्ता मेसिनहरूले कसरी काम गर्दछन् ?
विशेष गरी हावा शुद्ध गर्ने मेसिनले विभिन्न अवस्था पार गरी शुद्ध हावा प्रवाह गर्छ । यसको गुणस्तरका आधारमा ९९ दशमलव ९७ प्रतिशत सम्म सफा गर्न सक्ने दावी गरिएको पाइन्छ । यसमा जडित प्रिफिल्टरले ठूला कणहरू हटाउँछ ।

एक्टिभेटेड कार्बन फिल्टरले हाइड्रोजन सल्फाइड, कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड र अमोनियाजस्ता हानिकारक ग्यासहरूलाइ विच्छेदित गरिदिन्छ । अल्ट्राभायोलेट फिल्टरले हावामा रहेका ब्याक्टेरिया, ढुसी र भाइरसहरूलाई निस्तेज पार्छ भने आयोनाइजरले स्वच्छ हावामा रहेका कणहरूलाई विच्छेदन गर्छ र शुद्ध हावा दिन्छ ।

सरकारले आफ्ना नागरिकको कल्याणका लागि प्रदूषण नियन्त्रणका उपायहरूलाई उपयुक्त अल्पकालीन र दीर्घकालीन नीति बनाएर कार्यान्वयनमा ल्याउन ढिला गर्नु हुँदैन । यसरी यसले कोठाभित्र धुवाँ, धुलो, ब्याक्टेरिया, भाइरस, ढुसी, पाल्तु जनावरको गन्ध, दुर्गन्धलाई ५ देखि ७ तहका फिल्टरबाट हटाई दम, खोकी, क्यान्सर एलर्जी आदि समस्याबाट मुक्ति दिनेछ ।

धेरै मानिसहरू बन्द कोठामा लामो समय बस्दा कार्बनडाइअक्साइडको मात्र अधिक मात्रामा बढ्न जान्छ, कतिखेर वायु प्रदूषणको मात्रा कस्तो हुन्छ थाह नै हुँदैन । यसले आफू र परिवारका सदस्यले कस्तो हावा प्राण बायुका रूपमा लिइरहेका छौं, साच्चै प्राणबायु हो वा विषसेवन हो जानकारी लिन बायुप्रदुषण मापन गर्ने उपकरण उपयोगी छन् ।

यस्ता उपकरणले हामीलाई कुन समयमा एअर प्युरिफायर चलाउने, कहिले अलिकति झ्याल खोल्ने र कहिले पूरा झ्याल खोल्ने बाहिरको हावा भित्रको भन्दा राम्रो भएमा भन्ने कुराको व्यवस्थापन गर्न मिल्छ ।

वाह्य वायु प्रदूषणको अवस्थाका कारण पनि घरभित्रको वायु प्रदूषणमा असर गर्दछ ?
बाह्य वातावरणले पनि घरभित्रको वायु प्रदूषणको अवस्थालाई निर्धारण गर्दछ । घरभित्रको हावाभन्दा बाहिरको हावा प्रदूषित छ भने बाहिरबाट झ्याल ढोका वा कुनै खुला स्थानबाट भित्र छिर्छ र त्यो घरभित्रको वायु प्रदूषणको कारण बन्दछ । सडक नजिकका घर र पसलमा वायू प्रदुषणको असर बढी हुने गर्छ ।

धुलोमाडुमा माक्स लगाएर धुवाँधुलोबाट बचिन्छ त ?
ग्याँस तथा ठोसका अति न्यून कणको जटिल मिश्रणको रूपमा नाइट्रेट तथा सल्फेटहरू, जैविक रसायनहरू, धातु तथा धुलोका कणहरू रहेका हुन्छन् । २० देखि ५० माइक्रोमिटर ब्यास भएका कणहरू नाक र मुखबाट छानिने भएकाले स्वास्थ्यमा यिनीहरूको प्रभाव न्यून हुन्छ । १० माइक्रोमिटरसम्म ब्यास भएका कणहरू स्वासनली र फोक्सोको माथिल्लो भागसम्म पुग्दछन् । २ दशमलव ५ माइक्रोमिटर भन्दा कम ब्यास भएका कणहरू फोक्सोको भित्री भागसम्म पुग्दछन् र रगतसंग मिसिएर विभिन्न दम, क्यान्सर, एलर्जी आदि रोगहरू निम्त्याउंछन् ।

वायुप्रदुषणका शुक्ष्म कणहरू आंखाले देख्न नसकिने र सामान्य कपडाको मास्कले छेक्न नसक्ने भएकाले मास्क लगाउनु अनिवार्य छ र यो गुणस्तरीय र हावा नछिर्ने हुनुपर्छ । कपडाको मास्क लगाउनु र नलगाउनुको कुनै अर्थ छैन किनकी यसले १० माइक्रोनसम्मका कणसमेत छेक्न सक्दैन । सर्जिकल मास्क त्यो भन्दा राम्रो हो तर त्यसको कमजोरी भनेको टाइट हुदैन । नेपालमा धेरैजसो मानिसलाई मास्कका बारेमा जानकारी नै छैन ।

बायू प्रदुषणले असर पार्ने क्षेत्रहरू के के हुन ?
यसले हरेक क्षेत्रमा असर पार्ने गरेको छ । केही समयअघि लुम्विनी क्षेत्रमा भिक्षुहरू अत्यधिक बायुप्रदुषणका कारण घर फिर्ता जान लागेको, मास्क प्रयोग गरेर योगा र ध्यान गर्ने गरेको जस्ता खवर आएका थिए । हालसालै पनि निर्माणका कारण त्यसक्षेत्रको बायुप्रदुषणको अवस्था भयावह भएको खवर आइरहेका छन । चितवन, पोखरा, विराटनगर, धुलिखेल आदि शहरहरूमा पनि काठमाण्डौ सरह वा त्यो भन्दा बढी प्रदुषण भएको पाइएको छ ।

यसले पर्यटन क्षेत्रमा असर गर्ने भो एकातिर भने अर्कोतिर यसले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पर्दछ । भर्खरमात्र कान्तिबाल अस्पतालमा यसको असर भयंकर रूपमा बालबालिकामा दम, ब्रोंकाइटिस आदि समस्याहरू देखा, बालबालिकाको स्वासप्रस्वामा गम्भीर असर परेको, तथा छाला, आखा र नाकमा एलर्जी भएको र एक दिनमा अस्पतालको ओपिडीमा आउनेको संख्या हजार सम्म पुगेको, सल्यक्रियाबाट जम्नेका बच्चामा यसको असर अझ बढी रहेको, यसका कारण ओपिडी थप्नु परेको आदि समाचार हरू आइरहेका छन ।

समाचार नबनेका अरु अस्पतालका विरामीको संख्या पनि यस्तै हाराहारीमा छ । निर्माण, ब्यापार, अफिसका कर्मचारी, बाटोमा हिड्ने बटुवा, विदेशी पाहुना, बाल, बृद्ध, युवा र हरेक क्षेत्र र पेशाका मानिसहरूलाई यसले आफ्नो प्रभावक्षेत्रमा लिन्छ र विभिन्न रोग बाट पीडित बनाउछ ।

उपत्यकामा वायु प्रदूषणको अवस्था कस्तो छ ?
यसको अवस्था भयावह छ । यसको नमूनाका रूपमा हामी यहां प्रकशित केही खवरबाट देख्न सक्छौं । विश्वको सातौं अत्यधिक बायुप्रदुषित शहरको रूपमा काठमाडौं, ट्राफिकहरू १८ घण्टा नारकीय प्रदुषणमा बस्न र अधिकांशमा स्वासप्रस्वाका रोगबाट संक्रमित भएको, छातीका विरामी बढेका, क्यान्सका विरामीको संख्यामा बृद्धि, काठमाडौमा धुवाधुलो अत्यधिक बालबालिकामा अत्यधिक प्रभाव, धुलो नियन्त्रण गर्न चावहिल क्षेत्रका ब्यापारीले बाटो बन्द गरे आदि समाचारहरूबाट देखिन्छ । प्रदुषणबाट कसैलाइ गम्भीर क्षती पुगे सरकारले नै निःशुल्क उपचार गर्नुपर्ने चेतावनीसहित सर्वोच्च बाट परमादेश जारी हुनुले यसको अवस्था भयावह छ भन्ने प्रष्ट हुन्छ ।

उपत्यकामा कुन क्षेत्र वायु प्रदूषणको दृष्टिमा बढी जोखिममा छन ?
बास्तवमा पूरा काठमाडौंको आकास नै प्रदूषित छ । त्यसैले चिकित्सकले काठमाडौंमा विहान मोनिंङवाकमा नगर्नसल्लह दिए किनकी विहानको समयमा प्रदुषणका कणहरू थिग्रने गर्दछन । त्यसमा पनि चक्रपथ क्षेत्र बढी सवारी चाप हुने क्षेत्रहरू, रत्नपार्क, पुतलीसडक, चावहिल, बल्खुु, सातदोवाटो र चक्रपथ क्षेत्रहरू बढी जोखिममा छन ्। उपत्यकाका हरेक क्षेत्र र व्यक्ती वायुप्रदुषणको चपेटामा छन् ।

काठमाडौंमा वायुप्रदूषण बढ्नुका कारणहरू के हुन् ?
विशेषगरी खुला रूपमा आगो बाल्न वा जलाउने, सडकमा उड्ने धुलो धुवां, सवारी साधनको उत्सर्जन हुने प्रदुषण, ट्राफिक ब्यवस्थापन, सार्वजनिक यातायातका साधनहरूको आवतजावत जस्तो हिलोमा हिडेको सवारी राजमार्गमा आउंदा धुलो समेत ल्याउने कार्य, अप्रभावकारी यातायात ब्यवस्थापन, साइकल वा अन्य बातावरणमैत्री सवारी साधनको प्रयोगमा कमी, यहांको निर्माण कार्य, इटाभट्टा, विभिन्न उद्योगको उत्सर्जन, हरियालीको कमी, वायु गुणस्तरमापनको कमजोर ब्यवस्था र अप्रभावकारी अनुगमन, जनचेतनामा कमी र अधिक सवारी साधनहरू डिजेल पेट्रोलबाट चल्नु वा विद्युतीय सवारी साधनको प्रयोग बढाउन नसक्नु आदि कारणहरू काठमाडौंमा वायुप्रदुषण बढ्नुका कारण हुन ।

काठमाडौको बायू प्रदुषण कसरी हटाउने ?
यसको लागि जुन जुन कारणले बायुप्रदुषण भैरहेको छ ती ती स्थानमा यसको नियन्त्रण गर्ने नै हो । खुलारूपमा फोहर नजलाउने विशेषगरी प्लाष्टिक त जलाउदै नजलाउने । सडकको घुलो नियन्त्रण गर्ने परो । काटेश्वर देखि चावहिल आदि रिंगरोड हेर्नु भो भने नर्क यही हो जस्तो लाग्छ । कहांको कान्तिपुरी नगरी, कहांको नारकीय जीवन ।
अहिले काठमाडौंमा मोटरसाइकलमा हेपा फिल्टर राखेर चलाउने हो भने धेरैहदसम्म काठमाडौंको आकासको प्रदुष्ण हटाउन सकिन्छ । इसिमोडले यसमा सर्विसिंग सेन्टरसंग मिलेर काम गरिरहेको कुरा मैले सुनेको छु । जुन राम्रो अभियान हो ।

त्यस्तै इटा भट्टको प्रदुषण नियन्त्रण अर्को विषय हो । हरेक सवारी साधनको बायुप्रदुषण उत्सर्जनको अवस्था जांच गरी कडाइकासाथ लागू गर्नु जरुरी छ ।भारतमा प्रत्येक पेट्रोल पम्पमै सवारी साधनबाट उत्र्सजन हुने बायुप्रदुषण जांच गर्ने मेशिन हुन्छ । सम्भव भएका स्थानमा हरियाली, साइकल चलाउनेहरूलाइ प्रवद्र्धन आदि कुरामा ध्यान दिनुपर्यो । त्यत्रो सडक विस्तार भो साइकलका लागि बाटो छैन ।

बायू प्रदुषण नियन्त्रण रणनीति कस्तो हुनुपर्छ ?
बायु प्रदुषण नियन्त्रणका लागि तत्कालिन अल्पकालीन र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्छ । दीर्घकालीन रणनीतिमा निश्चित प्रतिशत सवारी साधन इलेक्ट्रिक गर्ने हुनसक्छ । उद्योग र निर्माणबाट आउने प्रदुषण नियन्त्रणका लागि मापदण्ड बनाइ कडाइका साथ लागू गर्ने हुनसक्छ, जेनेरेटर त अहिले कम भैसकेको अवस्था छ, फेरी तिनीहरू चलाउन नपर्ने गरी विद्युत आपूर्ती सुनिश्चिताको योजना बनाउनु पर्ला ।

अव बन्ने सहरमा बातावरणमैत्री ग्रीनसिटीको अवधारणा ल्याउनुपर्छ । जनचेतना अभिबृद्धि गर्ने र प्रदुषण गर्नेलाई दण्ड सजांय गर्ने र प्रत्येक घरपरिवारले प्रदुषण नियन्त्रणका लागि उसको जिम्मेवारी बोध हुने गरी उनीहरूको संलग्नता अनिवार्य गर्ने ब्यवस्था मिलाउनुपर्छ ।

बायू प्रदुषण नियन्त्रणमा सरकारी योजना कस्तो छ र कस्तो हुनुपर्छ ?
गत माघ २०७३ मा काठमाडौंको बायुप्रदुषण नियन्त्रण कार्यदल राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रभु बुढाथोकीको अगुवाइमा गठन भएको कार्यदलले यसका अत्पकाल र दीर्घकालमा गर्नसकिने उपायका कारेमा प्रतिवेदन पेश गर्यो प्रत्येक कार्यालयको जिम्मेवारी तोकेर । काठमाडौमा बाहिर बाल्न नदिने, धुलो तुरुन्त नियन्त्रण गर्ने, खनिएका सडक तुरुन्त पीच गर्ने, सवारी जांच प्रभावकारी बनाउने, उद्योग र इटा भट्टाको प्रदुषण नियन्त्रण गर्ने, सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने आदि काम तुरुन्तै गर्ने भनी प्रतिवेदन पेश भएको थियो ।

बाहिरको बायुप्रदुषण तुरुन्तै चाहेको बेलमा हटाउन सकिदैन । यस्तो अवस्थामा आफू बसेको घर, अफिस र कोठामा यसको नियन्त्रणका उपायहरू अपनाउनुपर्छ । घरभित्रको धुंवा, धुलो, ढुसी, गन्ध, बायुप्रदुषणले हुने दम, क्यान्सर, एलर्जी, दीर्घखोकी,रोगको संक्रमण, मोतिविन्दु, घांटी, आखा विझाउने चिलाउने र हेर्न गाह्रो हुने, नाक रसाउने,तनाव बढ्ने, निर्णय प्रक्रियामा कमी आउने, स्वास फेर्न गाह्रो र अधिक बायुप्रदुषणले हुने डिप्रेशन, डिमेन्सीया जस्ता समस्याबाट बच्न बायु शुद्धिकरण मास्क र तरकारी तथा फलफूलको विषादी हटाउने उपकरण प्रयोग गर्नु जरुरी छ ।

हामी लाखौंको घर बनाउछौं, कार चढ्छौं तर सेकेण्ड सेकेण्डमा नाकबाट भित्र गैरहेको प्रदुषण वा विष नियन्त्रण गर्न स्तरीय मास्क र यसखालका उपकरणको प्रयोगमा ध्यान दिदैनौ । राजनैतिक इच्छाशक्ति हुने, सोही बमोजिम विज्ञहरूको अध्ययन अनुसार नेतृत्वबाट अभियान थालनी हुने, कर्मचारीतन्त्र र आमनागरिकबाट त्यसको पालना हुने हो भने असम्भव छैन । महानगरले जावो ब्रुमर ल्याएर चलाउन नसक्ने हो र रु पुराना गाडीहरू विस्थापन गर्न यातायात ब्यावसायीका अगाडी सरकार लम्पसार पर्ने हो र रु बर्षौ त्यसको विवादमा जाने हो र एक्सनमा जानु पर्यो ।

Comments

comments

Share.

Comments