काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि मास्क लगाउनु आवश्यक नै भैसकेको छ । अहिले धेरै प्रयोगमा आउने सर्जिकल मास्क र एन–९५ मास्क एकपटक लगाइसकेपछि फेरि प्रयोग गर्न मिल्दैन ।
सर्जिकल मास्क ६ देखि ८ घन्टा र एन–९५ मास्कको वास्तविक लगाउने समय १२ देखि २४ घन्टा मात्र हो । संक्रमितसँग एक्स्पोज नभएको खण्डमा र मास्क नपाइने अवस्थामा भने यसलाई पुनः प्रयोग गरी २ देखि ३ पटकसम्म लगाउन सकिन्छ ।
तर, मास्कलाई साबुनपानीले धोएर सुकाएर लगाउने गर्नु हुँदैन । सर्जिकल मास्क कपडाले नभएर विशेष किसिमको कागजको फिल्टरबाट बनेको हुन्छ । र, पानी पर्नेबित्तिकै बिग्रने हुन्छ ।
धोएर प्रयोग गरेको मास्क लगाउनु र नलगाउनुमा केही फरक हुँदैन । पानीले धुनुको साटो मास्कलाई केही बेर घाममा सुकाएर लगाउँदा भने त्यसमा रहेका ब्याक्टेरिया मर्न सक्छन् । मास्क अभाव भएको अवस्थामा भने एउटै मास्कलाई तीन–चार दिन लगाउन सकिन्छ । तर, कोरोना सक्रमितसँग एक्स्पोजर भएको खण्डमा र स्वास्थ्यकर्मीहरूले ड्युटी सकेपछि एक पटक प्रयोग गरिएको मास्क एक पटकभन्दा बढी प्रयोग गर्नु हुँदैन ।
मास्कलाई अल्ट्रा भ्वालेट प्रविधिबाट डिसइन्फेक्ट वा क्लेबिङ प्रविधिबाट सफा गर्न सकिन्छ । यी प्रक्रिया अपनाएर मास्कलाई डिसइन्फेक्ट गरेको खण्डमा पुनः प्रयोग गर्न सकिन्छ ।
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments