काठमाडौं । पोर्नोग्राफी हेर्नेहरुमा यौन आक्रमकता हुने अध्ययनले देखाएको छ । विश्वका विभिन्न सात देशमा गरिएको २२ प्रकारका अध्ययनबाट यस्तो पत्ता लागेको हो ।
पोर्नोग्राफी धेरै हेर्ने महिला र पुरुषहरुबीच यसको आक्रमतासँग सम्बन्ध गासिएको हुन्छ । अध्ययन अनुसार पोर्नोग्राफीको सम्बन्ध शारीरिक यौन आक्रमकता भन्द बढी मौखिक यौन आक्रमता देखिएको छ ।
अमेरिकाको हवाई युनिभर्सिटी र इंडियाना यूनिर्भसिटीका अनुसन्धानकर्ताहरुले गरेको निष्कर्ष अनुसार यौन आक्रमकताको पछाडी हिंस्रक पोर्नोग्राफी हुने गरेको छ ।
वोकेटिभ डटकमका अनुसार पोर्नोग्राफी हेर्नेहरुमा यौन आक्रमता मात्रै नभइ, यौन उत्पिडन, बलात्कार अदिसँग सम्बन्ध देखिएको छ । शोधकर्ताहरुले यौन आक्रमकता जटिल भएको बताए ।
तर सबै पोर्नोग्राफी हेर्नेहरु आक्रमक हुने भन्ने नरहेको अनुसन्धानकर्ताहरु बताउँछन् । पोर्नोग्राफी हेर्दै नहेर्ने भन्दा अधिक हेर्नेहरुमा भने यस्तो समस्या रहेको शोध पत्रिका जर्नल अफ कम्यूनिकेसनमा प्रकाशन गरिएको छ । एजेन्सी
जेष्ठ ८, २०७७ मा प्रकाशित
Comments