काठमाडौं । मानव शरीरका लागि फलफूल महत्वपूर्ण हुन्छ । अझ अम्बक त झन् मानव स्वास्थ्यका लागि निकै नै लाभदायक हुन्छ । यसलाई अम्बक वा बेलौती भनेर पनि चिनिन्छ । अम्बाको फल त उपयोगी छँदैैनै छ साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ ।
यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ । मोटा मानिसहरूका लागि तौल घटाउने समस्याको एउटा समाधान पनि हुन सक्छ, अम्बाको पात ।
अम्बाको पातमा कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई यसले रोक्ने भएकाले तौल घटाउन मद्दत पुग्दछ । त्यमिात्र होइन अम्बाको पात झाडापखाला समस्यामा पनि उपयुक्त साबित हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा झाडापखालामा कमी हुन्छ ।
अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि फाइदाजनक हुन्छ । यसरी अम्बाको पातबाट बनेको चियाको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ । यस्तै मुटुका लागि अम्बाको पात लाभदायक मानिन्छ । अम्बाको पातको चिया पिउनाले रगतमा क्लोस्ट्रोलको मात्रा कम गर्न सघाउ पुग्दछ । यीबाहेक पनि अम्बाको पातमा एलर्जीको समस्याबाट पार पाउने गुणहरु प्रशस्तै रहेका छन् ।
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा नियमित र निरन्तर रुपमा लगाएमा डण्डीफोरको समस्याबाट पनि मुक्त हुन सकिन्छ । अम्बाको ताजा पातको रस पिएमा कपाल बलियो हुनुका साथै छालाको पनि राम्रो हेरचाह हुन्छ । अम्बाको पात खाँदा डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।
प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार
Comments