काठमाडौं । पछिल्लो सयम सामाजिक सञ्जालका लागि बालबालिकालाई आफ्नो प्लेटर्फमबाट सुरक्षित राख्नु नै सबैभन्दा चुनौतीको विषय बन्दै आएको छ । त्यसैले पनि यस्ता कम्पनीले बालबालिकामा हुनसक्ने चुनौतीलाई कम गर्न विभिन्न टुलका साथै आफ्नै नीतिगत व्यवस्था सुरू गरेका छन् ।
यही क्रममा स्न्यापच्याटले पनि अब नाबालकको सुरक्षाका लागि ‘फ्यामिली सेफ्टी टुल’ सार्वजनिक गर्ने भएको छ ।
‘स्न्यापच्याट आफ्नै ‘फ्यामिली इंगेजमेन्ट’ टुल सार्वजनिक गर्ने तयारीमा रहेको छ,’ कम्पनीका सीईओ इभान स्पिगलले एक अन्तर्वार्तामा भनेका छन्, ‘यसले अभिभावकलाई आफ्ना बालबालिकाले स्न्यापच्याटको प्रयोग कसरी गरिरहेको छ भन्ने जानकारी दिनेछ । साथै अभिभावकले प्राइभेसीमा पनि नियन्त्रण गर्न सक्नेछन् ।’
स्न्यापच्याट आफैंमा एउटा पूर्ण सुरक्षित कम्युनिकेसन प्लेटर्फम भएको दाबी गर्दै उनले नयाँ फिचरले नाबालकको हकमा थप सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुने भन्ने विषयमा भने जानकारी दिएका छैनन् । तर, चाँडै यो फिचर प्रयोगकर्ताले प्रयोग गर्न पाउने संकेत उनले गरेका छन् ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments