काठमाडौं । मोरङको सुन्दरहरैँचामा आज बिहान माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् ।
सुन्दरहरैँचा नगरपालिका-८ र ७ को सिमानामा मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र प्रदेश २-०२-००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको कार्यालयका प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते उनीहरूको उपचारका क्रममा बिहान १स्४० बजेतिर कोशी अस्पताल विराटनगरमा मृत्यु भएको एसपी शर्माले बताए ।
दुर्घटनामा माइक्रोका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह-चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । उनीहरूको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । माइक्रोमा सवार १२ जना यात्रु भने सकुशल रहेका छन् ।
प्रकाशित मितिः २०७७ फागुन २३ आइतबार
Comments