काठमाडौं । गुजरातको स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन विश्वविद्यालयको सूचना केन्द्र काठमाडौंको न्युरोडमा आज उद्घाटन गरिएको छ ।
आज एक कार्यक्रमबीच विश्वविद्यालयका उपाध्यक्ष आदिकुमार ऋषभकुमार जैनले गरेका थिए ।
उक्त विश्वविद्यालय भारतको उत्कृष्ट ५० विश्वविद्यालयमा पर्छ भने गुजरातको एआरआईआईए २०२० मा उत्कृष्ट चार निजी विश्वविद्यालयमा गनिन्छ । सो विश्वविद्यालयले उद्यमशीलता शिक्षामा सर्वोत्कृष्ट विश्वविद्यालयको उपाधि जितेको छ ।
यस सूचना केन्द्रमार्फत् उक्त विश्वविद्यालयबारे नियमित रूपमा जानकारी लिन सकिने बताइएको छ । इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी सन् २०१६ देखि शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक केन्द्र हो ।
तर यस कन्सल्टेन्सीले २३ वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा, भिसा र प्रवासको सेवा दिइरहेको छ ।
प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार
Comments