काठमाडौं । कोसी राजमार्गमा एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीकै दुहबी नगरपालिका-८ की ६५ वर्षीया जगवती चौधरी रहेकी छिन् ।
प्रहरीका अनुसार मंगलबार साँझ ६ बजे सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १-०२-००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र चालक पाँचथरको तुम्बेवा बस्ने चन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार
Comments