काठमाडौं । उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा पर्सा पोखरिया नगरपालिका- ७ का दिपककुमार दुबेसहित ३ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका- ६ बस्ने २६ वर्षीय देबेलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
उनीहरूले उपहार पर्यो भन्दै प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत् पैसा पठाउन लगाएको खुल्न आएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका- ६ याङरिमा हिलसिटीबाट उनीहरूलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments