दाङ । दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका- १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमवार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments