रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन् । मायादेवी गाउँपालिका वडा नम्बर ३ हरहरवाकी २१ वर्षिया प्रेमा यादवले एक वर्षकी आफ्नै छोरीको हत्या गरी आफूले समेत आत्महत्या गर्न प्रयास गरेकी आमा प्रहरीको फन्दामा परेकी छिन् ।
आत्महत्या गर्ने प्रयास गरेकी प्रेमाको नन्दले देखेपछि डोरी काटेर बचाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० सत्य नारायण थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार आइतबार राती ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले नजिकैको खोलामा लगेर शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी शव गाडेको ठाउँमा पुगेको थियो र दानव खोला नजिक शंकाष्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो । बालिकाको घाँटीमा शंकाष्पद दाग देखिएकोले उनलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको उनले जानकारी दिए ।
घटनाको अनुसन्धानको क्रममा प्रेमासहित उनको ससुरा मायादेवी–३ हरहरवाका ५५ वर्षिय बुद्धिराम यादव, सासु ४५ वर्षिय राजमति यादव, श्रीमान् २२ वर्षिय राज कुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षिय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments